काठमाडौं, साउन १७ । नेपाल वायुसेवा निगमले हालै खरिद गरेको एअरबस ३३०–२०० वाइडबडी विमानले व्यावसायिक उडान प्रारम्भ गरेको छ ।
निगमले खरिद गरेका दुईओटा वाइडबडी विमानमध्ये यो पहिलो हो ।
नागरिक उड्डयन प्राधिकरणबाट उडानयोग्य प्रमाणपत्र (एओसी) प्राप्त गरेपछि दोस्रो विमानले पनि व्यावसायिक उडान गर्नेछ ।
बुधबार राति ९ः३० बजे दोहाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘अन्नपूर्ण’ नाम दिइएको उक्त विमान करिब ५ घन्टाको उडानपछि दोहा पुगेको थियो ।
२७४ सिट क्षमताको उक्त विमानबाट २४६ यात्रीले यात्रा गरेका थिए । उक्त विमान बिहीबार दोहाबाट काठमाडौं फर्केको छ । उक्त उडानमा २५९ यात्रीहरु सवार रहेको निगमले जनाएको छ ।
पहिलो उडानमा दोहा जान लागेका यात्रीहरुलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र नायव महाप्रबन्धक गणेशबहादुर चन्दले बिदाइ गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्