
एजेन्सी । ब्राजिलियन गोलरक्षक एलिसन बेकरले यस वर्षको ‘साम्बा डे’ओर’ उपाधि जितेका छन् ।
युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन फुटबल खेलाडीले प्राप्त गर्ने यो अवार्डका लागि एलिसनले नेयमार र रोबर्टो फर्मिनोलाई पछि पारे ।
इंग्लीश फुटबल क्लब लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग, यूएफा सुपर कप र क्लब विश्वकप जिताउन एलिसनको महत्वपूर्ण योगदान थियो ।
ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जित्दा पनि एलिसनको प्रदर्शन निर्णायक थियो । यस अवार्ड जित्ने एलिसन पहिलो गोलरक्षक हुन् ।
एलिसनले कुल मतको ३५ प्रतिशत पाउँदा फर्मिनोले २३ प्रतिशत मत प्राप्त गरे ।
तेस्रो र चौथो स्थानमा थियागो सिल्भा र फाबिन्हो रहँदा तिन पटकका विजेता नेयमार भने यसपटक पाँचौ स्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्