काठमाडौं, साउन १७ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो ।
अघिल्लो दिन २ अंकले सकारात्मक रहेको बजार यसदिन पनि उस्तै अंकले ऋणात्मक रह्यो । कारोबार पनि अघिल्लो दिनजस्तै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंकले ऋणात्मक रहेर ११ सय ९१ कामय भएर थामियो ।
उत्पादनमूलक र वाणिज्य बैंक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५७ अंकले झर्यो । जीवन बिमा समूह पनि २६ अंकले घट्यो । लघुवित्त समूह पनि दोहोरो अंकले घट्दा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ६ लाख ७२ हजार कित्ता सेयर २० करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्