२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आगलागीले अष्ट्रेलियाको जनजीवन अस्तव्यस्त – आगो शहरतिर बढ्यो, प्रभावित सयौं मानिसको उद्धार


0
Shares

एजेन्सी । अष्ट्रेलियाका सुरक्षा अधिकारीहरुले मुल्लाकुटा शहरबाट आगलागीमा फसेका सयौं मानिसलाई अन्यत्र स्थानान्तरण गर्न थालेको छ ।

भिक्टोरिया राज्यका विभिन्न स्थान जंगलबाट आगो शहरतर्फ बढ्दै गएपछि समुद्री तटमा रहेका स्थानीय र पर्यटकको उद्धार गरेर अन्यत्र लगिएको हो ।

हजारौं सर्वसाधारण आगलागीबाट बच्न छिमेकी न्यू साउथ वेल्स प्रान्ततर्फ गइरहेका छन् । आगलागीसँगै तापक्रम पनि बढ्ने क्रम नियन्त्रणमा नआएपछि न्यू साउथ वेल्समा एक साताका लागि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

यसैबीच प्रधानमन्त्री स्टक मोरिसनले आगोबाट प्रभावित राज्यका विभिन्न स्थानको अवलोकन गरेको बताइएको छ । प्रभावित स्थानका सर्वसाधारणले उद्दार तथा आगो नियन्त्रणका लागि सरकारको कदम प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री मोरिसनविरुद्ध आक्रोश व्यक्त गरेका छन्  ।

  विपक्षी दलका नेताहरुले पनि सरकारको आलोचना गरिरहेका छन् । उनीहरुले देश आगलागीको संकटमा फसिरहेका बेला त्यसलाई नियन्त्रणमा लिने र प्रभावित नागरिकहरुको सुरक्षाका लागि चासो नदेखाएको भन्दै कडा आलोचना गरेका हुन् ।

सेप्टेम्बरदेखि डढेलोले अष्ट्रेलियामा १८ जनाको मृत्यु भइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार भन्दा बढी घर खाली भएका छन् । यो हप्ता मात्र आगलागीमा परेर १७ जना हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि अधिकारीहरुले न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका थिए । जसका कारण राजधानी सिड्नी र क्यानबेरा जाने सडकहरुमा ट्राफिक जाम भएको र पेट्रोल पम्पहरुमा सवारीसाधनका लामो लाइन रहेको बताइएको छ ।

डडेलोको धुवाँका कारण क्याबेराको वायू प्रदुषण अहिलेसम्मकै खराब बनेको समाचारमा जनाइएको छ । आगलागीकै कारण अष्ट्रेलियाका हुलाक कार्यालयले अर्को सूचना जारी नभएइसम्म पत्रसम्बन्धी सम्पूर्ण कार्यहरु बन्द गरेको जनाएको छ ।