२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


झापा महानन्द चोकमा शरीरमा चोटपटक लागेको अवस्थामा मासु व्यवसायीको शव भेटियो


0
Shares

झापा । झापा बिर्तामोडस्थित महानन्द चोकमा मासु व्यवसायीको शव भेटिएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरको शव भेटिएको हो। उनी मासु व्यवसायी हुन् । उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

घटनाका बरेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अर्जुनधारा– ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मगरको शरीरमा चोट लागेको भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले बताउनुभयो ।