‘सुन प्रिय’ रिलिज « Image Khabar


‘सुन प्रिय’ रिलिज



काठमाडौं, असोज २४ । साहित्यकार तथा पत्रकार रुमु न्यौपाने र अमृत भूजेलद्वारा लिखित गीत सुन प्रिय यूटुबमा आइतबारदेखि रिलिज भएको छ ।

गायक सन्जिव पूडासैनी र गायिका मेलिना राईको स्वर रहेको उक्त गीतको छायांकन धुलिखेल हाईट र धुलिखेल रिसोर्टमा भएको थियो ।

यस गीतमा कलाकार उशा उप्रेती, आशिष पान्डे, बिनु गुरुङ र नवराज बस्नेतले अभिनय गरेका छन् । दशैंको मौका पारेर श्रोताको सामु यो गीत लिएर आएको गायक पूडासैनीले बताएका छन् ।