२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024


रुपन्देहीको मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा घाइतेमध्य एक जनाको मृत्यु (अपडेट)


0
Shares

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

दुई पक्षबीच झडप हुँदा घाइते भएका पाँच जनामध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिनु भएको छ ।

मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको प्रहरीले जनाएको छ ।