२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह


0
Shares

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसद बैठक प्रभावकारी रुपमा चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसदले काम गर्न नपाएको अवस्थामा ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भएको हो ।

नेता सिंहले पार्टीभित्रको एउटा समूह सुरुदेखि नै आफूविरुद्ध भ्रम फैलाउन लागेको आरोप लगाउनु भयो । उहाँले आफूमाथि गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति ग¥यो भन्ने आरोप लगाउने गरिएको भन्दै त्यसको कडा प्रतिवाद गर्नुभएको हो ।

उहाँले आफूले बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताजस्तै विद्यार्थी राजनीतिबाट आएको बताउनुभयो । उहाँले लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनु भयो ।