
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले विभाजन पछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले आज सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनुभएको थियो ।
गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना देखिँदैन ।
१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मतकालागि ५५ सांसद चाहिन्छ । नेकपा विभाजनपछि १३ सासंदले नेकपा एकीकृत समाजवादी शाक्यसँग हाल ४३ सांसद मात्रै छन् ।
शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन् ।
त्यस्तै विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्