खाद्य कम्पनीद्वारा आजदेखि खसी बोका विक्री शुरु, प्रति किलो ६४० रुपैयाँ « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


खाद्य कम्पनीद्वारा आजदेखि खसी बोका विक्री शुरु, प्रति किलो ६४० रुपैयाँ


0
Shares

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्न सुरु गरेको छ । कम्पनीले थापाथलीस्थित आफ्नै कार्यालय परिसरबाट खसी–बोका विक्री गर्न थालेको हो ।

कम्पनीले यो वर्ष खसी–बोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरेको छ । तर किलोमा १० रुपैयाँ छुट दिइएकाले खरिद कर्तालाई प्रतिकिलो ६४० रुपैयाँ पर्ने छ । गत वर्षको भन्दा यो दर ९० रुपैयाँ बढी हो । कम्पनीले यस पटक २ हजार बढी खसी बोका बिक्री गर्दैछ ।