
तस्बिर फाइल
काठमडौं, असोज २२ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताउनुभएको हो ।
मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पुरा गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्