२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


नेप्से सकारात्मक, कारोबार न्यून


0
Shares

काठमाडौं, पुस १६ । बुधबार सेयरबजार परिसूचक सामान्य अंकले हरियो रह्यो भने कारोबार न्यून रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले सकारात्मक रहेर ११ सय ६९ कायम भयो ।

बिमा, वित्त र अन्य समूहबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहेको हो ।

होटल समूहमा सबैभन्दा उच्च १६८ अंकको सुधार आयो । लघुवित्त समूह पनि २५ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका ११ लाख ७५ हजार कित्ता सेयर ३७ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।