Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


डडेल्धुरामा पर्यटकलाई लोभ्याउनुपर्छ : सन्चारमन्त्री


0
Shares

डडेल्धुरा, पुस १६ । डडेल्धुरा पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरिएको छ ।

बुधबार भ्रमण वर्षको शुभारम्भ गर्दै सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘पर्यटकीय क्षेत्र उग्रतारा घटाल तथा अमरगढी किल्लाको अवलोकन गर्दै घुम्न जाऔं’–भने ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक पर्यटकीय क्षेत्र रहेको डडेल्धुरामा पर्यटकलाई लोभ्याउनुपर्ने भन्दै उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री बाँस्कोटालाई अमरगढी नगरपालिकाले १६ बुँदे मागपत्र तथा नागरिक समाज डडेल्धुराले स्थानीय विकास पूर्वाधारहरु समेटी ११ बुँदे योजनासहितको ज्ञापनपत्र पनि बुझाएका थिए ।