१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


भीमदत्त नगरपालिकाले सुरु गर्‍यो मेट्रिक घर नम्बर


0
Shares

कञ्चनपुर, असोज २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ ।

बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गर्नुभएको हो ।

नगरपालिकाले नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि घरको नम्बर हाल्न सुरु गरेका उहाँले बताउनुभयो । उहाँले यहि विधिबाट सबै वडाहरुमा सडक र घर नम्बरिङ गर्ने पनि बताउनुभयो ।

मेट्रिक विधिबाट नम्बरिङ हुने भएपछि सर्वसाधरण पनि खुशी देखिएका छन् । मुल सडकदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिने छ । यो प्रविधिबाट सेवा सुविधालगायत सुझाव संकलन र विभिन्न फाइदा पुग्ने देखिएको छ ।