चितवन, पुस १६ । चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई घुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो ।
क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती महोत्सव अन्तर्गत आज करिब एक सय वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।
हात्तीहरुलाई मनपर्ने खानेकुराहरु गाँजर, बन्दा ,उखु, सुन्तला, सख्खर, स्याउ, केरा खुवाइएको वनभोज कार्यक्रमका संयोजक धु्रव गिरीले जानकारी दिए ।
हात्तीहरुलाई लस्करै राखेर वनभोज खुवाएको दृश्य हेर्न र खुवाउन दर्शकहरुको घुइँचो लागेको थियो ।




प्रतिक्रिया दिनुहोस्