
काठमाडौं । मेलम्ची पुल र चनौटेको रातो पुल बगाएपछि पाँचपोखरी र हेलम्बुसँग सडकसञ्जाल विच्छेद भएको चार महिनापछि पुनः सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।
मेलम्चीकाे मेलम्ची पार्क र चनौटेको रातो पुल भएको ठाउँमा खोलामा हिम पाइप राखेर यातायाता सुचालु गरिएको हो । असार १ मा आएको बाढी पहिरोले मेलम्ची पुल बगाएको थियो भने चनौटेको रातो पुल साउन १५ मा आएको बाढीले बगाएको थियो ।
दशैंमा स्थानीयलाई सहज होस् भन्ने हिसाबले हिम पाइप राखेर दुवै ठाउँमा सार्वजनिक यातायात सञ्चालन गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
बाढीले पुल बगाएपछि हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पालधाप गाउँपालिकाका धेरै वडा सडकसञ्जालबाट विच्छेद भएका थिए ।
हिम पाइपबाट सार्वजनिक यातायात सञ्चालनमा आएसँगै मेलम्चीबाट पाचपोखरी, इन्द्रावती र ज्यामिरे शिखरपुर हुँदै चौतारासँग पुग्न सहज भएको छ ।
चनौटेमा तत्काल बेलीब्रिज निर्माण गरेर सडक सञ्चालन गर्ने भनिएपनि अहिलेसम्म त्यो काम सुरु हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्