पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौंको सहभागितामा आतिसबाजीसहित नयाँ वर्ष २०२० लाई स्वागत गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’ मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको थियोे ।
आतिसबाजीमा उपस्थित हजारौं पर्यटक सहभागी हुँदै रमाएका थिए ।
अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या भने हृवात्तै बढेको छ ।
लेकसाइडको करीब ३ किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा बिहानदेखि मध्यरातसम्मै दर्शकको चाप रहेको थियो ।
महोत्सवको अवसरमा सबै होटलहरु भरिभराऊ रहेका छन् । यस वर्ष पनि सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ २१ औं सडक महोत्सव पोखराको लेकसाइडमा जारी छ ।
महोत्सव अनौपचारिक रुपमा आज सकिँदै छ । अघिल्लो वर्षहरु भन्दा पनि बढी पर्यटक पोखरा आएको आयोजकको दावी छ ।




प्रतिक्रिया दिनुहोस्