१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


उखु किसानहरुको समस्या तत्काल समाधान गर्न मानवअधिकार आयोगको आग्रह


0
Shares

काठमाडौं, पुस १५ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरुको समस्या तत्काल समाधान गर्न चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै निकायलाई आग्रह गरेको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सर्लाही, रौतहट, नवलपरासी लगायत जिल्लाका ऊखु किसानहरु भुक्तानी नपाएको भन्दै काठमाडौमा भेला भएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले जारी गरेको विज्ञप्तीमा सो विषयमा प्रदेश २ सरकार र चिनी मिलहरुसंग छलफल भईरहेको पनि जनाइएको छ ।

उखु किसानहरुले भुक्तानी नपाउँदा उनीहरुको जिविकोपार्जनमा समस्या मात्रै नभई उनीहरुले अनेकखाले समस्या भोग्नु परेको पनि आयोगको ठहर छ ।