
काठमाडौं, पुस १५ । तमु ल्होसारको अवसरमा गुरुङ समुदायले काठमाडौंको टुडिखेलमा भव्यताका साथ यो पर्व मनाएका छन् ।
ल्होसार मूल आयोजक समितिले आयोजना गरेको पर्वमा उपत्यकामा बस्दै आएका गुरुङ समुदायहरुको सहभागीता थियो ।
कार्यक्रममा सहभागी हुदै राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायका धर्म संँस्कृतिको संरक्षणमा लागेका तथा संगीतकर्मी र खेलाडीहरुलाई सम्मान गरीन् ।
कार्यक्रममा विभिन्न दलका नेताहरुको पनि सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्