शाहरुख खानका छोरा आर्यन तीन दिनसम्म हिरासतै रहने « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


शाहरुख खानका छोरा आर्यन तीन दिनसम्म हिरासतै रहने


0
Shares

काठमाडौं । लागुपदार्थ कारोबारको आरोपमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन आगामी तीन दिनसम्म नार्कोटिक कन्ट्रोल ब्यूरोको हिरासतमा रहने भएका छन् ।

किला अदालतमा सोमबार भएको सुनुवाइमा ब्यूरोले सात दिनको समय माग गरे पनि अनुसन्धानका लागि अदालतले तीन दिनको समयसीमा दिएको हो । आर्यनको फोनमा अन्तर्राष्ट्रिय लागुऔषध कारोबारसँग सम्बन्धित तस्वीर र सामग्री भेटिएको ब्यूरोको दाबी छ ।

ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।

आर्यनमाथि लागु औषध सेवन, कारोबार गरेको आरोप लगाइएको छ । तर, उनका वकिलले भने आर्यन लागु औषध सेवन नगरेको दावी गर्दै आइरहेका छन् ।