Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा


0
Shares

काठमडौं, असोज १८ । सभामुख अग्नीप्रसाद सापकोटाले आफु पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखि बनाउने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । उहाँले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गर्नुभयो ।

सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दावी गर्नुभयो । उहाँले दर्शन शाष्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राख्नुभयो ।