Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कर्जादर घटाउन लघुवित्त संस्थालाई अर्थमन्त्री शर्माको आग्रह


0
Shares

काठमाडौं, असोज १७ । अर्थमन्त्री जनार्दन शर्माले कर्जादर घटाउन लघुवित्त संस्थालाई आग्रह गर्नुभएको छ ।

लघु वित्त संस्थाले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।

आइतबार माइक्रो फाइनान्स एशोशियशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाँउसम्म पहुँच रहेका लघु वित्त संस्थाले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राख्नुभयो ।

लघु वित्त संस्थाले तय गरेको व्याजदर घटाउन सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको जानकारी गराउदै मन्त्री शर्माले यसका लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिमण्डलले बाणिज्य बैंकबाट ऋण लिएर लघुवित्त संचालन हुने गरेकोले त्यसमा लाग्ने व्याजदरमा नघटेसम्म लघुविको व्याज घटाउन संभव नहुने बताए ।

राज्यले पूर्वाधार, उर्जा र कृषिको क्षेत्रमा जस्तै लघुवित्त कोष पनि खडा गनुपर्ने माग उनीहरुको छ । २०६४ सालको लघुवित्त नीति परिमार्जन गर्न पनि उनीहरुले माग गरेका छन् । हाल देशमा लघुवित्तहरुले ३ खर्ब ६५ अर्ब ऋण लगानी गरेका छन् ।

यसमध्ये ८३ प्रतिशत ऋण विना धितो लगानी गरिएको जनाइएको छ । लघु वित्तबाट ऋण लिनोन ९७ प्रतिशत बढी महिला छन् ।