
काठमाडौं, पुस १४ । स्वर्गीय राजा वीरेन्द्रको ७५ औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
यसैक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले ललितपुरको जावलाखेलस्थित स्वर्गिय राजा वीरेन्द्रको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको र देश विकासका लागि धेरै योगदान पुर्याएको भन्दै स्मरण गरे । वि.स. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा ज्यान गएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।
राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस्