 
	    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ ।
एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक गरि ६ हजारको सहभागिता रहने बताईएको छ ।
महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ ।
तेस्रो दिन असोज १७ गते समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पारेपछि प्रतिवेदन पास गरिनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्