
ताप्लेजुङ, असार १ । विश्वकप शुरु भएसँगै ताप्लेजुङमा टेलिभिजनको व्यापार फस्टाएको छ ।
सदरमुकामभित्रका टेलिभिजन पसलमा टेलिभिजन किन्नेको भीड बढेको छ भने दैनिक एउटै पसलबाट पाँच वटासम्म टेलिभिजन बिक्री भइरहेको छ ।
१५ दिन अघिसम्म महिनामा १÷२ वटा बिक्री हुने गरेकोमा अहिले बिक्री बढेको व्यापारीले बताएका छन् ।
विश्वकपका बेला विशेष छुट दिइएकाले टेलिभिजन किन्ने बढेका हुन् । खरिदमा छुट पाइने र विश्वकप पनि हेर्न पाईने भएकाले यही मौकामा टेलिभिजन किन्नेको संख्या बढेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्