२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


थप १०७८ संक्रमित, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टामा देशभर १०७८ जना कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

त्यस्तै बिहीबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।