कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन


0
Shares

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन ।

बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास क्षमतामाथि प्रश्न उठन थालेको छ ।

तात्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको मुख्य चासोको विषय रहेको भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण योजना हालसम्म कागजमै सीमित छ । प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने भनिएको आयोजनामा संघीय सरकारले सहमति नदिँदा अलपत्र भएको हो ।

आयोजना निर्माणमा सहकार्य गर्न संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल गठन गरे पनि प्रगति भएको छैन् ।

सुरुङमार्ग बनाउन तयारी थालेको ३ वर्ष बितिसक्दा पनि आयोजना सुरु नभएपछि स्थानीबासीले चाँडो आयोजना बनाउन दबाब दिएका छन् ।

संघीय सरकारसँगको सहलगानीमा २० अर्ब रुपैयामा प्रदेश सरकारले सुरुङ मार्ग निर्माणको योजना अघि सारेको थियो ।