Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


एक दिन पर धकेलियाे राष्ट्रियसभा बैठक


0
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक एक दिन पर धकेलिएकाे छ । संघीय संसद सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी १७ असोजका लागि बोलाइएको राष्ट्रियसभा बैठक १८ असोजका लागि सारिएको जनाएको छ ।

‘राष्ट्रियसभाको बैठक कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।