२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


कन्चनपुरमा दोषी पक्राउ गर्न दबाब दिँदै विद्यार्थीको विरोध


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, साउन १७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको एक साता बित्दा पनि दोषी पत्ता नलगाएको भन्दै कन्चनपुरका विद्यार्थीले बिहीबार महेन्द्रनगरमा विरोध जुलुस निकालेका छन् ।

विद्यार्थीहरुले प्रहरी प्रशासन र सरकारलाई चाँडो दोषीसम्म पुग्न दबाब दिएका हुन् ।

निर्मला पन्तको हत्या भएको ८ दिनसम्म पनि हत्यारा पत्ता नलगाउँदा अरु विद्यार्थीमा पनि त्रास फैलिएको उनीहरुको भनाइ छ ।

हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै कन्चनपुरमा विद्यार्थीहरुले लगातारजसो प्रदर्शन गर्दै आएका छन् ।

बालिकाको हत्या भएको चार दिनपछि गत मंगलबार अन्त्येष्टि गरिएको थियो ।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।