चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु « Image Khabar


चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु



बर्दिया । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन ।

मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ लागेर सक्त घाइते भएको थिए । उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।