Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । बंगालको खाडीको उत्तर पश्चिम भु(भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाआअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भईरहेको छ। देशभर आँशिक देखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।