Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


उच्चपदस्थ सबैको सम्पति छानबिन गर्न माग


13
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले २०४८ सालयता उच्च ओहोदामा पुगेका सबैको सम्पति अनिवार्य छानबिन गर्न सरकारसँग माग गरेको छ । युवा संघले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।

‘२०४८ सालपछि आजसम्म सरकारी ओहोदामा बसेका प्रधानमन्त्री, मन्त्री, सांसद, मन्त्रालयका सचिव, सरकारी विभागका प्रमुख, नयायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च कर्मचारी एंव पदाधिकारी, सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी, राजनीतिक लाभका पदमा नियुक्त पाएका सबैको सम्पति अनविार्य छानबिन गर्न नेपाल सरकारसँग हाम्रो माग छ’, संघको विज्ञप्तिमा भनिएको छ ।

संघले ठूला कम्पनीका ठेकेदार, राष्ट्रियस्तरका कार्यक्षेत्र बनाएका गैरसरकारी संस्था, राष्ट्रियस्तरका पार्टीका केन्द्रीय सदस्य, तिनका भातृ तथा जन संगठनका केन्द्रीय पदाधिकारी, ट्रेड युनियनका केन्द्रीय पदाधिकारीलगायतको सम्पति पनि अनिवार्य छानबिन गर्न माग गरेको छ । संघले छानबिन गरेको सम्पति विवरण सार्वजनिक गर्न तथा आम्दानीको स्रोत खुलाउन पनि माग गरेको छ । नागरिक