
काठमाडौं । चाडपर्व सुरु भएसँगै चितवनको चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले युवाहरूलाई लक्षित गर्दै ‘फेस्टिबल अफर’ ल्याएको छ ।
रिर्सोटले तिहारसम्मका लागि उच्च छुट तथा सुविधासहित प्रतिव्यक्ति २ हजार ९ सय ९९ रुपैयाँमा ‘फेस्टिबल अफर’ ल्याएको व्यवस्थापक किरण रिमालले जानकारी दिनुभयो ।
प्याकेजमा डिलक्स कटेज टेन्ट, वेलकम ड्रीन्क्स, स्न्याक्स, डिनर, ब्रेकफास्ट उपलब्ध गराइनुको साथै स्वीमिङ पुल निःशुल्क प्रयोग गर्न सकिनेछ ।
मनकामना दर्शन गर्न आउने तथा सहरको हो–हल्ला बाट रिफ्रेस हुन चाहनेका लागि उत्कृष्ट गन्तव्यको रुपमा चिनाउन रिसोर्टले ‘फेस्टिबल अफर’ ल्याएको व्यवस्थापक रिमालले बताउनुभयो ।
सिद्धार्थ ग्रुपका हाल देशभर चारतारे सहित २५ वटा शाखा सञ्चालित छन् ।
सिद्धार्थ रिसोर्टको युवालक्षित ‘फेस्टिबल अफर’, यस्तो छ ३ हजार रूपैयाँको प्याकेज
प्रतिक्रिया दिनुहोस्