
काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेका छन् ।
पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो ।
गलकोटले प्रदेश २ माथि जित निकाल्दै तीन अंक जोडेको छ । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।
सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेशमाथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ ।
यस्तै गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३–१ को जित निकाल्यो । आजकै अन्तिम खेलमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
प्रतियोगितामा मंगलबार पुरुषतर्फ टिपटप हेल्प नेपाल र प्रदेश २, मणिमुकुन्द र गण्डकी, आर्मी र नयाँ बजार युवा क्लब तथा एपिएफ र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ ।
महिलातर्फ एपिएफ र ढोरपाटन स्र्पोट्स् क्लब तथा न्यू डायमण्ड र एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्