Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


बजेट कार्यान्वयन कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, असोज ११ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । मन्त्री शर्माले अर्थमन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिनुभयो ।

बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउनेलगायतका निर्णय भएको जनाइएको छ ।