१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्योः महन्थ ठाकुर


0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ ।

पार्टीका महिला नेतृहरुले आज जनकपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिनु भयो ।

अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पार्नु भयो ।