१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


ला लिगामा बार्सा विजयी


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेभान्तेलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन मेम्फीस डिपे, फ्रेङ्की डि योङ र फाती भिएराले एक एक गोल गरे ।

जितसँगै बार्साले प्रशिक्षक रोनाल्ड कोम्यानमाथिको दबाब केही कम गरेको छ । नयाँ सिजनमा बाािर्सलोनाले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षकसँगै पुरै टिम दबाबमा थियो ।

यो जितसँगै बाािर्सलोनाले ला लिगामा ६ खेलबाट १२ अंक जोडेको छ । ऊ तालिकाको छैटौं स्थानमा छ । शिर्ष स्थानको रियाल मड्रिडको ७ खेलबाट १७ अंक छ ।