गैरकानूनी रुपमा वैदेशिक रोजगारमा रहेका नागरिकको उद्धारमा आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग « Image Khabar


गैरकानूनी रुपमा वैदेशिक रोजगारमा रहेका नागरिकको उद्धारमा आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग


Border circle
Imagekhabar

काठमाडौं, असोज १० । गैरकानूनी ढंगले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको आपतकालीन उद्धारका लागि तत्काल आवश्यक संरचना निर्माण गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।

्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवले गैरकानुनी ढंगले विदेश गई ज्यान गुमाएका नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा केन्द्रित हुन उहाँहरुले सरकारलाई सचेत गराउनुभयो । संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता नागरिकको खोजी गरी पीडितलाई न्याय दिने ढंगमा आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत नागरिकका पीडित परिवारलाई रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराउनुभयो । उहाँले भिजिट भिषामा गएका नेपालीको भने आफ्नो मन्त्रालयसँग आवद्ध हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न समस्या भएको बताउनुभयो ।

सचिव गौतमले श्रम स्वीकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्