काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ ।
लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि आफुलाई हराउने षड्यन्त्र रचिएको आरोप पौडेलको छ । मतपत्रमा कोलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि मतदान रोक्न लगाइएकोे पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्