
मुस्ताङ । मापदण्डअनुसारको कारागार भवन नहुँदा मुस्ताङका कैदीबन्दीले सास्ती भोग्नुपरेको छ ।
नौं जना कैदी क्षमता रहेको कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएपछि समस्या भएको हो ।
कारागार भवन मापदण्डअनुसार नहुँदा वर्षायाममा पानी चुहिने र हिउँदमा हिउँ जम्नाले कैदीबन्दी तथा सुरक्षाकर्मीलाई असहज भएको छ ।
कैदीबन्दीलाई दिइने सुविधा अत्यन्त न्यून रहेकाले सरकारले तराई, पहाड र हिमालको भौगालिक संरचनालाई आधार मानेर सुविधा उपलब्ध गराउनुपर्ने कारागारका कैदीबन्दीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्