६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


तरकारी खेतीले फेरीयो गाँउ


0
Shares

काठमाडौं । परम्परागत खेतीलाई छोड्दै तेह्रथुमका किसानले तरकारी खेतीलाई रोजेपछीे जीवनस्तरमा परिवर्तन भएको छ ।

एक मुरी मकै उत्पादन हुने जमिनमा लाखौँको तरकारी उत्पादन हुने भएपछि किसानहरु तरकारी खेती तर्फ आर्कर्षित भएका हुन् ।

गाउँगाउँमै सडक पुगेकाले व्यापारीहरु पनि तरकारी खरीदका लागि गाउँमै पुग्न थालेका छन् । जिल्लाका किसानले मासीक रुपमै तरकारी खेतीबाट लाखौँ आम्दानी गर्ने गरेका छन् ।

तेह्रथुममा आलु, मटर, बन्दा, काउली लगायत बिभीन्न प्रकारका तरकारी उत्पादन हुँदै आएको छ । तरकारी धरान, इटहरी बिराटनगर र भारतको सिक्कीम दार्जिलिङ सम्म निर्यात हँदै आएको छ ।