५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


मन्दिरमा चढाइएको घन्टी भाँडापसलबाट बरामद


13
Shares

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी एउटा भाँडापसलमा भेटिएका छन् ।

भक्तजनले मन्दिरमा चढाएका भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको ठकुराठी भाँडा वर्तन पसलमा भेटिएका हुन् । प्रहरीले पदम कोली र धनीराम टमाटालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले गल्ली नम्बर १ मा रहेको भाँडावर्तन पसलमा छापा मारी मन्दिरमा भढाइएका घन्टी बरामद गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मन्दिरमा चढाइएका ६ सय ६१ किलो घन्टी बरामद गरेर अनुसन्धान भइरहेको छ । पसलमा भेटिएका घन्टी कसैले चोरेर पसलमा बेचेको हो वा अन्य कुनै कारण छ भन्नेबारे अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए । नयाँ पत्रिका