किसानमारा नेतालाई कृषि मन्त्रालय नै ‘पुरस्कार’ « Image Khabar


किसानमारा नेतालाई कृषि मन्त्रालय नै ‘पुरस्कार’


Border circle
Imagekhabar

काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए ।

डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।

देश र किसानकै दुर्भाग्य! किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् ।

आफ्नै पार्टी एमाले नेतृत्वको सरकार रहेको बेला मैनाली आफू प्रबन्धक रहेको नुवाकोट शीतभण्डार प्रालिलाई अनुदान दिलाउन सफल भएका थिए । पाँच वर्षसम्म आयोजना क्षेत्रका किसानलाई ५० प्रतिशत छुट दिने प्रस्ताव गरेका थिए ।

त्यस्तै, जिल्लाभित्रका किसानलाई ४० प्रतिशत र जिल्लाबाहिरका किसानलाई २५ प्रतिशत सहुलियत दिने उनको प्रस्ताव थियो । त्यसकै आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनको कम्पनीसँग २४ असार ०७५ मा १० करोड ५० लाखको अनुदान सम्झौता गरेको थियो ।

त्यसको एकवर्षपछि उनले अनुदान परियोजनामा लिनै नपाइने मूल्य अभिवृद्धि कर (भ्याट) ओभरहेड र कन्टिन्जेन्सीबापत भनेर थप ५५ लाख ५९ हजार पनि लिए । यो रकम नियमविपरित शक्तिको आडमा लिएको परियोजनाकै अधिकारीहरु बताउँछन् ।

सम्झौताअनुसार कम्पनीले थप आठ करोड २८ लाख व्यहोरेर २३ असार ०७७ मा नुवाकोट विदुर नगरपालिका २ गंगटेमा ६ हजार मेट्रिक टन (६० लाख किलो) क्षमताको शीतभण्डार तयार गर्यो । डेढ वर्षदेखि सञ्चालनमै आएको शीतभण्डारले नुवाकोटकै बेलकोटगढी र लिखु गाउापालिकामा सञ्चालित निजी शीतभण्डारले भन्दा बोरामै ५० रुपैयाँ बढी शुल्क तोकेको मात्रै छैन, दिने भनेको ५० प्रतिशत छुट पनि दिएको छैन ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्