 
	    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।
आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गर्नुभएको छ । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जनवर्गीय संगठन गरी आठवटा समूह छुट्याइएको छ ।
एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्