Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने


0
Shares

काठमाडौं । देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार आज देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने छ ।

काठमाडौं उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ । अब देशका विभिन्न ठाउँको मौसम सम्बन्धी जानकारी ।