काठमाडौं । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनोट भएको छ ।
उज्वेकिस्तानमा जारी छनोटमा हङकङलाई २–१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो । भारतमा हुने एसियन कप जनवरी २० देखि फेबु्रअरी ६ सम्म हुनेछ ।
समूह चरणको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा १ अंक जोड्यो ।
यसै समूहको रहेको नेपालले पनि २ खेलमा १ अंक जोड्यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्