
काठमाडौं । पर्वतको चुहामा रहेको तल्लो मोदी जलविद्युत आयोजनाबाट तीन सातादेखि विद्युत उत्पादन ठप्प रहेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सञ्चालन गरिरहेको यो आयोजना तत्काल मर्मत गर्न सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ। बाढीले बाँधस्थल, नहर, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पु¥याएको छ ।
उत्पादन गृहमा कुनै क्षति नपुगे पनि एक किलोमिटर नहरमा लेदो भरिएकाले पानी पास गराउन समय लाग्ने देखिएको छ । आयोजनाको विद्युत राष्ट्रिय ग्रीडमा जोड्ने प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको छ ।
ढालेको टावर निर्माणमा मात्रै डेढ करोड खर्च लाग्ने आयोजनाले जनाएको छ । १० मेगावाटको यस आयोजनाबाट विद्युत् उत्पादन रोकिँदा दैनिक १० लाख रुपैयाँ भन्दा बढी नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजना मर्मत गरेर संचालन गर्न ७ करोड भन्दा बढी लाग्ने अनुमान पनि आयोजनाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्