Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कोरोना विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस


0
Shares

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस भएको छ । अल्प विकसित देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनु पर्नेमा जोड दिएका हुन् ।

दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायत देशका प्रतिनिधिहरुले खोपको समान वितरणका बारेमा आवाज उठाउदै आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न माग गरेका हुन् ।

धनी तथा शक्तिशाली देशहरूले खोप आफुहरूमा केन्द्रीत गरेकाले गरिब, अल्पविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको भन्दै उनीहरुले सवैलाई खोपको समान वितरण नभए ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि दिएका छन् ।