 
	    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी मुख्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने तामाङले बताउनुभयो । एमाले केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने बताइएको छ । एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्