२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


उद्योग मन्त्रालय र परिसंघले औद्योगिकीकरण तथा लगानी प्रवर्द्धनमा सहकार्य गर्ने


0
Shares

काठमाडौं, पुस १० । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी–व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउँदै औद्योगिकीकरण तथा लगानी प्रवर्द्धनमा सघनरुपमा सहकार्य गर्ने भएका छन् ।

परिसंघमा भएको छलफलमा उद्योगसचिव यामकुमारी खतिवडाले उद्योगी–व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले एकलविन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदन्डसम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुनेगरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।